किवानिस क्लब अफ उर्लाबारीद्धारा न्यानो कपडा र ब्याग वितरण


उर्लाबारी, २५ माघ । किवानिस क्लब अफ उर्लाबारीले आज बिद्यार्थीहरुलाई न्यानो कपडा र ब्याग वितरण गरेको छ । उर्लाबारीमा भर्खरै स्थापना भएको सो क्लबले उर्लाबारी – १ स्थित बालज्योती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्कुल ब्याग वितरण गरिएको क्लबका अध्यक्ष दुर्गा भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लब डिस्टीक गर्भनर एकराज पन्त, डिस्टीक कार्यसमितिमा सन्तोष पोख्रेल, राजकुमार लामा, किवानिस नेपालका युथ पोडक्सन म्यानेजर रवि न्यौपाने, किवानिस चिल्ड्रेन फन्डको सेक्रेटरी तथा किवानिस डिस्ट्रिक नेपालको ट्रेनर एन्जिला खड्का, दमक किवानिस क्लबका अध्यक्ष शशिराज बिष्ट, उर्लाबारी उद्योग वाणिज्य संघका सदस्य नुतन राई सहितले विद्यार्थीहरुलाई न्यानो कपडा र ब्याग वितरण गर्नुभएको थियो ।

नेपालमा बिगत ७ वर्षदेखी क्रियाशिल किवानिस नेपालले बालबालिकाको क्षेत्रमा सामाजिक कामहरु गर्दै आएको छ । विश्वमा यो संस्था १०७ वर्षदेखी क्रियाशिल रहेको छ । दमक किवानिस क्लबले किवानिस क्लब अफ उर्लाबारीलाई मातृत्व प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्