रतुवामाई नपाको जनप्रिय काम : सन्थाल परिवारको नि : शुल्क स्वास्थ्य बिमा


रतुवामाई, २३ माघ । मोरङको रतुवामाई नगरपालिकाले जनताको मन जित्ने गरी जनप्रिय काम गरेको छ । रतुवामाई नगरपालिका भित्र रहेका सम्पूर्ण विपन्न सन्थाल पारिवारको स्वास्थ्य बिमा गरिदिने अभियान सुरु गरेको छ ।

सो अभियान आज आज वडा नं. १० बाट सुरु गरेको छ । रतुवामाई नगरपालिका वडा नं १० का बिपन्न सन्थाल समुदायको विमा गरिदिँदै मेयर रविन राईले अभियानको उद्घाटन गर्नु भएको छ । क्रमश : अब अन्य वडामा रहेका विपन्न सन्थाल पारिवारको स्वास्थ्य बिमा गरिदिने मेयर रविन राईको सचिवालयले जनाएको छ । नगरभित्र रहेका १ सय बढी बिपन्न सन्थाल परिवारको स्वास्थ्य विमा गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्