झुर्कियामा व्यवसाय सचेतना तथा सुरु तालिम सम्पन्न


रतुवामाई, २१ माघ । गरिवी निवारणकालागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रतुवामाई नगरपालिकाको वडा नं ४ झुर्कियामा व्यवसाय सचेतना तथा सुरु तालिम सम्पन्न भएको छ।

रतुवामाई नगरपालिका वडा नं २ र ४ का ८५ जना गरिवी तथा पिछडिएका परिवारलाई उद्यमी बनाउने उद्देश्यले गरिएको तालिममा रतुवामाई ४ का ४५ जना सहभागी थिए ।

तालिम पश्चात उनीहरुलाई सीप विकास तालिम प्रदान गरेर उद्यमीको रुपमा विकास गरिनेछ । कार्यक्रममा मेयर रविन राईले रतुवामाई नगरपालिकाका सबै युवाहरुलाई क्रमश उद्यमी र रोजगार बनाउदै लाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्