प्रदेश १ का मुख्यमन्त्री राईलाई इटहरीमा देखाईयो कालो झण्डा


सुनसरी – प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठनले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा शुक्रबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले इटहरीमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएका हुन् ।

अनेरास्ववियु केन्द्रिय कमिटीका सचिवालय सदस्य तथा सुनसरी इनचार्न जीबी गजलको नेतृत्वमा आएका करिब ३० जना विद्यार्थीहरूको समुहले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका थिए ।

संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी गठबन्धनको सरकारले ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेकाले आन्दोलनको आवश्यकता परेको अनेरास्ववियु केन्द्रिय कमिटीका सचिवालय सदस्य तथा सुनसरी इनचार्न जीबी गजलले बताए । उनले सरकारद्वारा मन्त्रालय विभाजनको निर्णय नसच्याईएसम्म आन्दोलन जारी रहने जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषदको आईतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश नं. १ तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्