रतुवामाईमा भूमि आयोगको अन्तरक्रिया,अब चाँडै पूर्जा वितरण हुने


रतुवामाई, १९ माघ । रतुवामाई नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको अन्तिम तयारीका लागि आज अन्र्तरक्रिया भएको छ ।
रतुवामाईमा नगरपालिका र राष्ट्रिय भूमि आयोगका अध्यक्षसहितको टोली बिच भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनीपुर्जा वितरण गर्ने सम्बन्धी छलफल भएको मेयर रविन राईले जानकारी दिनुभयो ।

बैठकमा आयोगका अध्यक्ष केशव निरौलाले अघिल्लो सरकारले संकलन गरेको लगतलाई निरन्तरता दिँदै छुटेकाहरुको लगत संकलन गरी माघ अन्तिमबाटै भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई पुर्जा सहितको जमिन र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरणको तयारीमा आयोग लागि परेको बताउनुभयो । जसका लागि आयोगले बिहिबारबाट नै पालिकामा एक जना अमिन र एक जना सर्वेक्षक समेत पठाउने निर्णय गरेको निरौलाले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राष्ट्रिय भूमि आयोग मोरङ जिल्लाका प्रधिनिधिहरु, सहजीकरण समितिका सदस्य तथा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्