आज सोनाम ल्होसार मनाईंदै, देशभर सार्वजनिक विदा


काठमाडौँ । नेपालका आदिवाासी जनजातीय समुदाय मध्येका तामाङ समुदायले आज सोनाम ल्होसार धुमधामकासाथ मनाउादै छन । माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज देश तथा विदेशमा रहेका तामाङ समुदायले विविध कार्यक्रमकासाथ मनाउन लागेका हुन ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष सुरु हुन्छ । तामाङ समुदायको परम्परा अनुसार आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसार आधारित हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले सोनाम ल्होसाार प्रकृतिपूजनसँग सम्बन्ध रहेको मानिन्छ । तामाङ समुदायको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । आज मनाइने सोनाम ल्होसारका अवसरमा यस वर्ष सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारी तीब्र बनेका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

समितिका कार्यकारी निर्देशक वसन्त लामाले यस वर्ष स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गर्दै बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य र सल्लाहकारहरु मात्र सहभागी भएर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताए ।

विगतका वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिने गरिएको थियो । आज दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको लामाले जानकारी दिए ।

यसैगरी काठमाडौंको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्