उर्लाबारीमा युवा संघ र अनेरास्वबियुको विरोध प्रदर्शन


उर्लाबारी, १७ माघ । स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै नेकपा एमालेका भातृ संगठनले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वबियुले विरोध प्रदर्शन गरेका हुन् ।

उर्लाबारीको स्कुलडाँडादेखी मुख्य चौकसम्म एमालेका नेता कार्यकर्ता, युवा संघ र अनेरास्वबियुका कार्यकर्ताले विरोध जनाएका थिए । सरकारले बैशाखभित्र हुने गरी स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने एमालेको माग छ ।

संबिधान र लोकतन्त्रको रक्षा, मुल्यबृद्धि खारेज लगायतको माग गर्दै विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । कोणसभामा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य एवम् उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी, एमाले जिल्ला सदस्य उमाकान्त गौतम, राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य एवम् मोरङ इन्चार्ज नविन पौडेल, अनेरास्वबियु केन्द्रीय उपमहासचिव भाष्कर खनाल, युवा संघका नेता प्रविन घिमिरे लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्