कानेपोखरीमा पहिलोपटक समा चकेवा पर्व मनाइयो


विद्यानन्द चौधरी
कानेपोखरी, मंसिर १३ । दाजु, बहिनीबीचको प्रेमको प्रतीकका रूपमा रहेको समा–चकेवा पर्व सोमबार कानेपोखरीमा सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभा, कानेपोखरी गाउँ कार्यसमिति, मोरङले कानेपोखरी २ स्थित थारु चोकमा विभिन्न जातीय साँस्कृतिक कार्यक्रमहरु सहित समा चकेवा पर्व आयोजना गरि सम्पन्न गरेको हो ।
सो अवसरमा कानेपाेखरी ४ र २ का थारु महिलाहरुले समा चखेवा प्रर्दशन गर्दै समा गित गाएका थिए । सोसँगै उनिहरुले २९ वटा समाकाे डाली समेत प्रर्दशन गरेका थिए ।

कानेपाेखरी १ का वडा अध्यक्ष रत्न बहादुर कार्कीकाे प्रमुख आतिथ्यता र थारु कल्याणकारिणी सभा कानेपोखरीका अध्यक्ष विद्यानन्द चौधरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय पार्सद लछुमन चाैधरीकाे विशिष्ट अतिथ्यता रहेको थियो भने आदीवासी जनजाती महासंघ कानेपाेखरीकाे अध्यक्ष भाेजविर माझी, धिमाल जातिय विकास केन्द्र कानेपोखरी अध्यक्ष प्रकास धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कानेपाेखरी १ कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहि आएको छ। यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनीहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्