रतुवामाईका बिद्यार्थीलाई खोप लगाउन सुरु,अभिभावकलाई मेयर राईको अपिल


रतुवामाई, १६ माघ । मोरङको रतुवामाई नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आजदेखी कोभिड १९ बिरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

नगर क्षेत्रका सम्पूर्ण बिद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोभिड १९ विरुद्दको खोप लगाउन शुरु गरिएको हो । विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोप लगाएर विद्यालयमा अध्यापन सुरु गर्ने सरकारको तयारी छ ।

रतुवामाईका मेयर रविन राईले विद्यार्थीका अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सम्बन्धित बिद्यालयहरुमा पठाई खोप लगाउन अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्