मन्त्री झाँक्री र उर्लाबारीका मेयर फागोबीच सन्थाल बस्ती र बसपार्कका विषयमा संवाद


उर्लाबारी, १६ माघ । शहरी विकाश मन्त्री रामकुमारी झाँक्री र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोबीच उर्लाबारीको विकाशका विषयमा टेलिफोन संवाद भएको छ ।

शनिवार साँझ मन्त्री झाँक्रीले उर्लाबारीको विकाश आयोजनाका विषयमा मेयर फागोसँग चासो राख्नुभएको हो । मन्त्री झाँक्रीले उर्लाबारी ८ मा सन्थाल एकीकृत बस्ती निर्माणमा भईरहेको अवरोध हटाउन सहयोग गरिदिन मेयर फागोसँग आग्रह गर्नुभएको थियो । मन्त्री झाँक्रीले उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती निर्माण गराउन आफ्नो ध्यान केन्द्रीत भएको बताउँदै त्यसमा स्थानीय सरकारको तर्फबाट सहयोग आवश्यक रहेकाले सहयोगका लागि आग्रह गर्नुभएको हो । मन्त्री झाँक्रीले बस्ती निर्माण अघि बढाउन आफु उर्लाबारी आउन समेत तयार रहेको बताउनुभएको थियो ।

सो क्रममा मेयर फागोले सन्थाल बस्ती निर्माणका लागि स्थानीय सरकार र आफ्नो तर्फबाट सहयोग रहने बताउँदै अब कसरी अघि बढाउने भन्ने विषयमा चार/पाँच दिनपछि संवाद गर्ने बताउनुभएको थियो । सो अवसरमा मेयर फागोले उर्लाबारीमा निर्माण भईरहेको बसपार्क निर्माणलाई पुर्णता दिन मन्त्री झाँक्रीलाई आग्रह गर्नुभएको थियो । बजेट छुट्याएर निर्माण भईरहेको बसपार्कलाई पुर्णता दिन मेयर फागोले आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्