२ दिने नि:शुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, ५६ जना लाभान्वित


कानेपोखरी, कार्तिक २४ । कानेपोखरी गाउँपालिका र महिला पुनःस्थापना केन्द्र (ओरेक) विराटनगरको आयोजनामा २ दिने नि:शुल्क एकीकृत महिला स्वास्थ्य र स्व:हेरचाह मेला तथा स्वास्थ्य शिविर बिहिवार सम्पन्न भएको छ ।
शिविरमा सिनियर गाइनो डा. ऋतु चौधरी लगायतको टिमले ५६ जनालाई सेवा प्रदान गरेको छ ।

परिक्षण गरिएको ५६ जना मध्ये पाठेघर खसेको २१ जना, रिङ राखेको ९ जना र १ जनामा क्यान्सरको शंका भएकाले काठमाडौं रेफर गरिएको र अन्य बाँकी यौन तथा प्रजनन समस्या भएकोले औषधि दिइएको र ७ जनालाई फ्लो अपका लागि विराटनगर बोलाइएको साथै अन्य ३ जना जेष्ठ नागरिक आमाको अप्रेशन गर्नुपर्ने तर प्रेसर सुगरले गर्न नदिएको डा. चौधरीले बताइन ।

शिविरको उद्धघाटन सत्रमा गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, कार्यपालिका सदस्य पदम कुमारी कार्की , वडा सदस्यहरु साउनी माझी, शुसिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने समापन समारोहमा उपाध्यक्ष भोला प्रसाद अधिकारी, वडा सदस्य दुर्गा नेपाली लगायतको उपस्तिथि थियो । कार्यक्रम बाल मावि हरकपुरमा आयोजना भएको हो भने शिविरको प्राविधिक सहयोग परिवार नियोजन संघ विराटनगर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्