कानेपोखरी आइटिएफका खेलाडीलाई प्रमाणपत्र वितरण तथा सम्मान


कानेपोखरी, कार्तिक २२ । २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीता जनाएसँगै कानेपोखरी आइटिएफ तेक्वाण्डो मोरङले आफ्ना खेलाडीहरुलाई प्रमाणपत्र प्रदान तथा सम्मान गरेको छ ।

नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघ मोरङले विराटनगरमा आयोजना गरेको तालिममा सहभागीता भएसँगै प्रमाणपत्र प्रदान तथा सम्मान गरेको हो ।

सो सेमिनार कार्यक्रमको नेतृत्व कानेपोखरीबाट कानेपोखरी आइटिएफ अध्यक्ष एवं मुख्य प्रशिक्षक युवराज भुजेलले गरेका थिए । खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच प्रमुख अतिथि पालिका अध्यक्ष राजमती इङ्गनामले प्रमाणपत्र प्रदान तथा सम्मान गरेकी थिइन । कार्यक्रमलाई सम्बोधन गर्दै इङ्गनामले खेलाडीहरुलाई आगामी दिनहरुमा अझ प्रगति गर्दै जान शुभकामना दिइन । कार्यक्रममा वडा नं. ६ वडा सदस्य दुर्गा नेपाली, समाजसेवी भोजकुमार श्रेष्ठ, इन्दु बाँस्कोटा धिमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्