दमकमा युवा संघ र अनेरास्वबियुको विरोध प्रदर्शन


दमक, १३ माघ । मुल्यबृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र बिरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वबियुले आज झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।

दमकको गणतन्त्र चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध जनाएका हुन् । महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलका विरुद्धमा विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य चन्द्रमाया निरौलाले जानकारी दिनुभयो ।

विरोध प्रदर्शनलाई राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सुनिता कार्की, युवा संघका झापा अध्यक्ष सागर पोर्तेल, अनेरास्वबियु केन्द्रीय सदस्य दिपेश दाहाल र अनेरास्वबियु जिल्ला अध्यक्ष रोशन लामाले बोल्नुभएको थियो । कार्यक्रमको संचालन युवा संघ दमक नगर सचिव विवेक शर्मा भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्