उर्लाबारी उवासंघका पूर्व अध्यक्ष भरत भट्टराई एमालेमै सक्रिय


उर्लाबारी, १३ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराई बुधबार दिउँसोदेखी बिहिवार बिहानसम्म उर्लाबारीमा रहनुभयो । एमालेको चितवनमा सम्पन्न १० औँ महाधिबेशनबाट सचिवमा निर्वाचित भएपछि सचिव भट्टराई पहिलो पटक उर्लाबारी आउनुभएको हो । राष्ट्रियसभा निर्वाचनको तयारीका क्रममा सचिव भट्टराई विराटनगर आउनुभएको थियो ।

त्यही क्रममा एमालेका जिल्ला सदस्य उर्लाबारी ७ निवासी अग्नि भट्टराईको पहलमा सचिव भट्टराई पारिवारिक एवम् राजनितिक भेटघाटका क्रममा उर्लाबारी आउनुभएको हो । उर्लाबारीमा रहँदा सचिव भट्टराईले मदन भण्डारी स्मृति प्रतिष्ठान, त्यहाँ रहेको मदन भण्डारी संग्रहालय, उर्लाबारी नजिकै दमकको कृष्णमन्दिरमा रहेको भट्टराई कुलवंश प्रतिष्ठानको अवलोकन गर्नुका साथै पारिवारिक र राजनितिक भेटघाट गर्नुभएको थियो ।

बुधबार सचिव भट्टराई उर्लाबारी – ७ स्थित उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भरत भट्टराईको निवासमा बस्नुभएको थियो । उर्लाबारीका सफल व्यवसायी एवम् समाजसेवीको रुपमा चिनिनुभएका भरत भट्टराई नेकपा हुँदा हाल नेकपा एमालेमा सक्रिय रहनुभएको छ । यअसघि नेकपा माओवादी केन्द्रमा रहनुभएका व्यवसायी भट्टराई नेकपा हुँदै हाल पार्टी एकताको मुल प्रवाह नेकपा एमालेमा सक्रिय रहनुभएको हो । व्यवसायी भट्टराई बिहिवार बिहान नेकपा एमाले उर्लाबारीले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्