उर्लाबारीको जनसंख्या ७१ हजार ५६२


उर्लाबारी, १२ माघ । मोरङको उर्लाबारी नगरपालिकाको जनसंख्या ७१ हजार नाघेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा उर्लाबारी नगरपालिकाको जनसंख्या ७१ हजार ५६२ रहेको उल्लेख छ ।

उर्लाबारीमा पुरुषको संख्या ३३ हजार ८२७ र महिलाको संख्या ३७ हजार ७३५ रहेको उल्लेख छ । उर्लाबारीमा परिवारको संख्या १७ हजार ८१८ रहेको छ भने १५ हजार ८९९ वटा घरमा जनगणना गरिएको छ । यो केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा हो । यसमा केही थपघट हुन सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्