उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने, आज स्थलगत निरीक्षण


उर्लाबारी । मोरङको उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने भएको छ । उर्लाबारी नगरपालिकाले वडा नं. ६ हाटखोलामा कृषि बजार बन्ने भएको हो । ६१ लाख बढी लगानीमा बन्ने सहुलियत कृषि बजारमा किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा ल्याइने भएको छ । १६ कोठाको कृषि बजारको निर्माण कार्य चाँडै सुरु गर्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।

‘अहिले उपभोक्ताले सब्जीका किसानले लिएको मूल्यभन्दा बिचौलियाले खाएको मूल्यका कारणले धेरै महँगो सब्जी किन्न बाध्य छन्’, मेयर फागोले भन्नुभयो, ‘तर, हाम्रो बजारको उद्देश्य भनेको सामान्य ढुवानी र केही स्टाफ खर्चबाहेक थप नाफा नलिएर सहुलियतपूर्ण ढंगले सब्जी बेच्ने हो ।’

सोमबार मेयर फागोसहित उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरे, इन्जिनियर रोशन उदास, कृषि शाखा प्रमुख अम्बिका लुईटेललगायतले स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्