बिपन्न अपांगता भएकालाई घर-घरमै पुगेर न्यानो कपडा वितरण गर्दै मेयर रविन राई


रतुवामाई, १० माघ । मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई सोमबार नगरका बिपन्न अपांगता भएका ब्यक्तिको घर-घरमा पुग्नुभयो । माघको यो चिसो समयमा बिपन्न अपांगता भएका ब्यक्तिहरुलाई केही भएपनि राहत होस् भन्ने उदेश्यका साथ नगरभित्र रहेका उनीहरुको घरमै पुग्नुभयो ।

बिपन्न अपांगता भएका ब्यक्तिहरुका लागि न्यानो कपडा घरमै पुगेर मेयर राईले हस्तान्तरण गर्नुभयो । नगरभित्रका ८६ जना बिपन्न अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिने मेयर राईको निजि सचिवालयले जनाएको छ ।

यस्तै नगरपालिकाले बिपन्न जेष्ठ नागरिकलाई पनि न्यानो सिरक वितरण गरेको छ । नगरपालिकाले नगरका शितलहरबाट प्रभावित विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरेको हो। ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगर समितिको समन्वयमा नगरपालिकाले नगरका १० वटै वडाका विपन्न जेष्ठ नागरिकलाई सिरक वितरण गरेको हो । यसबाट नगरभित्रका ५०० बिपन्न जेष्ठ नागरिक लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्