उर्लाबारी नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक


उर्लाबारी । उर्लाबारी नगरपालिकाले १० औं अधिवेशनबाट पारित चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेलले सार्वजनिक गरेको हो ।

नगरप्रमुख खरेलले उर्लाबारी नगरपालिकाको विकासमा बजेटका प्राथमिकता, प्रदेश र संघीय सरकारमा राखेका माग र आगामी योजनामा बारेमा जानकारी गराएका थिए । नगर अधिवेशनले चालु आर्थिक वर्षका लागि उर्लाबारी नगरपालिकाले १ अर्व ३० करोड ४० लाख ७६ हजार ६३८ रुपैयाँ बराबरको बजेट पारित गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख मीना खतिवडा पौडेलले उर्लाबारीको विकासमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताइन् । नगरका सरोकारवालासँगको छलफलबाट नै बजेट बनाइएको बताउँदै उनले समृद्ध उर्लाबारी बनाउने अभियानमा आम उर्लाबारीबासी एक हुनुपर्ने धारणा राखिन् ।

सो अवसरमा उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, उर्लाबारी–४ का वडाध्यक्ष कल्याणकुमार राई, जनता समाजवादी पार्टी नेपाल नगर अध्यक्ष मात्रिका धिमाल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्