रतुवामाईमा बिपन्न जेष्ठ नागरिकलाई सिरक र अपांगता भएकालाई न्यानो कपडा


रतुवामाई, १० माघ । मोरङको रतुवामाई नगरपालिकाले बिपन्न जेष्ठ नागरिकलाई न्यानो सिरक र बिपन्न अपांगता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नगरपालिकाले नगरका शितलहरबाट प्रभावित विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरेको हो। ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगर समितिको समन्वयमा नगरपालिकाले नगरका १० वटै वडाका विपन्न जेष्ठ नागरिकलाई सिरक वितरण गरेको हो । यसबाट नगरभित्रका ५०० बिपन्न जेष्ठ नागरिक लाभान्वित हुनेछन् ।

यस्तै आजैदेखी नगरपालिकाले बिपन्न अपांगता भएका ब्यक्तिहरुलाई घरमै पुगेर न्यानो कपडा वितरण सुरु गरेको छ । नगरभित्रका बिपन्न ८६ जना अपांगता भएका ब्यक्तिलाई घरमै पुगेर जाडोको न्यानो कपडा वितरण गर्ने नगर प्रमुख रविन राईको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्