बृद्धि गरिएको करको विर्तामोड नगरपालिकाद्वारा स्थगित


विर्तामोड – विर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि पारित गरेको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ । आज बसेको कार्यपालिका बैठकले अघिल्लो आ.व. अनुसारकै कर संकलन गर्ने निर्णय गरेको हो ।

स्थानीय करदाताबाट उठेका गुनासाहरु, देशकै आर्थिक धरासयीको अवस्था, बजारको प्रतिकुलता र जनतामा आएको नैरास्यता समेतलाई ध्यानमा राख्दै कर वृद्धिलाई स्थगन गरिएको नगर प्रमुख पवित्रादेवी महतराले जानकारी दिनुभयो । उहाँले सम्पत्ति करलाई साविक बमोजिम कायम गर्दा वडा तथा नगरका योजना प्रभावित हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्