कानेपोखरीमा बिषालु च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी


कानेपोखरी, असार १३ । मोरङको कानेपोखरी गाउँपालिका ७ मा जंगली च्याउ खाँदा ३ जना बिरामी परेका छन्  ।

बिरामी पर्नेमा कानेपोखरी ७ बस्ने बर्ष ७५ वर्षीया देशमाया राई, उहाँको छोराको बर्ष ५० का मान बहादुर राई र श्रीमती वर्ष ५० कै मङल लिम्बू राई रहेका छ्न ।

त्यस्तै सोही परिवारका २ छोराछोरी भने बान्ता गरेपछी सामान्य अवस्थामा रहेका ७ नम्बरका वडा अध्यक्ष मोहन अधिकारीले जानकारी दिए । उनिहरुले कानेपोखरी जङ्गलबाट सोमबार साँझ च्याउ ल्याएर खाएका थिए  ।
बिरामी सबैको कानेपोखरी अस्पताल बयरवनमा उपचार भइहेको छ । उपचाररत बिरामीहरुको अवस्था बुझ्न पालिका अध्यक्ष राजमती इङ्नाम आफैं अस्पताल पुगेकी थिइन । सो क्रममा बिरामीको अवस्था सामान्य रहेको डाक्टर अभिजित खडकाले बताए । अध्यक्ष राजमती इङ्नामले बिरामीको सम्पुर्ण उपचार खर्च पालिकाले बेहोर्ने समेत जानकारी गराएकी छिन ।

प्रतिक्रिया दिनुहोस्