उर्लाबारी ४ मा काँग्रेसको परिवर्तन रेडक्रस टोल समिति गठन


उर्लाबारी, ८ माघ । नेपाली कांग्रेस उर्लाबारी वार्ड नं ४ वार्ड समितिको आयोजनामा आज परिवर्तन रेडक्रस टोल समिती गठन गरिएको छ । टोल समिती गठन कार्यक्रमको सभापतित्व वार्ड नं ४ का सभापति प्रेमबहादुर याख्खा , प्रमुख अतिथी प्रदेश नं १ का सह महामन्त्री तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, अतिथीमा मोरङ क्षेत्र नं १ प्रदेशसभा क का सभापति नरबहादुर मोक्तान , क्षेत्र नं १ का सह सचीव अरुणा थापा, क्षेत्रीय सदस्य योगेन्द्र कटुवाल, ज्योती थापा, प्रदेशसभा क का सहसचिव नेत्र आपागाई लगायत रहनुभएको थियो ।

भेलाले ध्रुव खड्का सभापति तथा उप सभापति रमेश भण्डारी , सचिव अर्जुन धिमाल , सह सचीव कुमारी दाहाल कोषाध्यक्ष कोपिला रिजाल रहेको टोल समिति गठन गरेको हो । सदस्यहरुमा सुवास डागी ,संजय धिमाल ,ध्रुव राउत ,प्रकाश कार्की ,टंक भण्डारी ,भक्त ,भण्डारी ,राजकुमार दाहाल, कृष्ण धिमाल ,बिनोद उराँव ,पुर्ण उराँव ,नरबहादुर राई ,रामकुमार दर्जी ,तारा बिक,उमेश उराँव ,बल ब भण्डारी ,मनसरी रणपाल ,इन्दिरा उराँव लगायतको ५९ सदस्य परिवर्तन रेडक्रस टोल समिती गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्