उर्लाबारीमा आज ९ जनामा कोरोना संक्रमण


उर्लाबारी, ६ माघ । उर्लाबारी नगरपालिकामा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्ला दिनमा उर्लाबारी नगरमा पनि कोरोना संक्रमित बढ्न थालेका छन् । उर्लाबारीमा सोमबार ७ जनामा, मंगलबार २ जनामा र बुधबार १ जनामा कोरोना संक्रमण देखिएकोमा आज बिहिवार ९ जनामा देखिएको हो ।

यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्