हिजो एमाले प्रबेश गरेका उर्लाबारी -४ का कटुवालले पाए जिम्मेवारी


उर्लाबारी, ६ माघ । बुधबार नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमालेमा प्रबेश गर्नुभएका उर्लाबारी – ४ निवासी हरिबहादुर कटुवालले बिहिवार नै जिम्मेवारी पाउनुभएको छ ।

उर्लाबारी वडा नं. ४ को आज बसेको बैठकले उहाँलाई वडा कमिटी सदस्य हुँदै वडा कमिटि सचिवालयमा मनोनयन गर्दै जिम्मेवारी प्रदान गरेको एमाले नगर अध्यक्ष गंगा बाँस्तोलाले जानकारी दिनुभयो ।

सामाजिक संघसंस्थामा क्रियाशिल कटुवाल बुधबार विराटनगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा एमाले प्रबेश गर्नुभएको थियो । वडा कमिटिको बैठकमा कटुवालले पार्टीले दिएको जिम्मेवारीलाई आफुले इमान्दारिताका साथ पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्