उर्लाबारी १ को सोल्टी खोलामा निर्मित झोलुंगे पुलको अनुगमन


उर्लाबारी, ६ माघ । उर्लाबारी नगरपालिका वडा नम्बर १ को सोल्टी खोलामा निर्मित झोलुंगे पुलको दातृ सस्थाले अनुगमन गरेको छ । स्विस सरकारको सहयोगमा निर्माणाधीन पुलको आज बेल्जियमका फोटोग्राफर थिवोल्ट जियो गोयलले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, स्थानीय बासिन्दासंग अन्तरक्रिया गरेका छन् । सो अवसरमा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सोल्टी खोलामा निर्मित पुलले बेतिनी समुदायिक वन र थापाडागी जोड्न सहज हुनका साथै पुल निर्माणले आन्तरिक पर्यटकको समेत वृद्धि भएको बताउनु भएको छ ।

उहाले उर्लाबारी वडा नम्बर १ को बक्राहा खोलामा झोलुंगे पुल बनिदै गरेको बताउदै उर्लाबारी नगरपालिकामा विभिन्न खोलामा झोलुंगे पुल, नदी नियन्त्रण आवश्यक रहेकोले पुन सहयोगको लागि आग्रह गर्नु भएको छ । उहाँले बजेट अहिले स्थानीय तहमै आउने भएकाले रेखदेख, अनुगमन भइरहने हुदा बजेट पारदर्शी हुने, भ्रष्टाचार कम हुने गरेको बताउनु भएको छ । सोल्टी खोलामा निर्मित ११५ मिटर लामो झोलुंगे पुल ९२लाख ७४ हजार २ सय ७४ बजेटमा यसै बर्ष सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्