उर्लाबारी ५ मा अनेमसंघको कमिटी गठन, अध्यक्षमा पौडेल


उर्लाबारी, ५ माघ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) उर्लाबारी वडा नम्बर ५ को कमिटी गठन गरिएको छ । एमालेले वडादेखी केन्द्रसम्मको अधिबेशन सकेर भातृ संगठन गठन र भातृ संगठनको अधिबेशनलाई तिब्रता दिएको छ ।

कमला पौडेलको अध्यक्षतामा वडा नम्बर ५ मा अनेमसंघको वडा कमिटी गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा विन्दा पराजुली, सचिवमा सुनिता अधिकारी बोहोरा, कोषाध्यक्षमा तारा ढुंगाना, सदस्यहरुमा कविता कट्टेल, तारा बस्नेत, निरमाया गुरुङ, लिला कार्की, गिता निरौला, सिता निरौला, कमला घिमिरे भट्टराई, शुभद्रा विक, विन्दा खतिवडा, लिलादेवी पौद्धार, कुमारी विक लगायत रहनुभएको छ ।

अनेमसंघ वडा कमिटि गठन कार्यक्रम अनेमसंघ नगर कार्यवाहक अध्यक्ष पुष्पा भट्टराईको अध्यक्षता तथा अनेमसंघ जिल्ला कार्यवाहक अध्यक्ष भिष्माकुमारी रेग्मी भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा अनेमसंघ जिल्ला सदस्य मेनु पाण्डे, एमाले नगर सचिवालय सदस्य तथा वडा इन्चार्ज चेतन सिग्देल, एमाले नगर सदस्य लिला दाहाल, हेमन्त भट्टराई, रामप्यारी तामाङ, पवित्रा लामिछाने, अग्रज कम्युनिष्ट नेतृ गोमा भण्डारी, एमाले वडा अध्यक्ष सञ्जिन सुबेदी, सचिव सम्झना खतिवडा आचार्य, उपसचिव कुमार सुबेदी, वडा कमिटी सदस्य रुद्र सापकोटा लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्