उर्लाबारीका राजन दाहाल र हरिबहादुर कटुवाल एमालेमा


उर्लाबारी, ५ माघ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उर्लाबारी नगरपालिकामा नेकपा एमाले प्रबेश गर्नेको लहर चलेको छ । उर्लाबारीमा रहेका सामाजिक ब्यक्तित्वहरु नेकपा एमालेमा समाहित तथा प्रबेश गर्ने क्रम चलेको हो ।

यसैक्रममा बुधबार उर्लाबारी उद्योग वाणिज्य संघका कोषाध्यक्षसमेत रहनुभएका माओवादी नगर कमिटी सचिवालय सदस्य राजन दाहाल एकताको मुल प्रवाह एमालेमा समाहित हुनुभएको छ । उहाँले एमालेको सदस्यता लिँदै पार्टी एकताको मुल प्रवाहमा समाहित हुनुभएको हो । उहाँ गत स्थानीय तह निर्वाचनमा माओवादीबाट उर्लाबारी ७ मा वडाध्यक्ष पदको उम्मेद्वार समेत रहनुभएको थियो । यस्तै काँग्रेसका सक्रिय सदस्य उर्लाबारी ४ का हरिबहादुर कटुवाल पनि नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । कटुवाल उर्लाबारीका बिभिन्न संघसंस्थामा सक्रिय रहनुभएको छ ।

उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव रुपेश खतिवडा, जिल्ला सदस्य पुष्प ढकाल, अग्नि भट्टराई, नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोला, एमाले नेता राजेन्द्र पौडेल, नगर सदस्य यज्ञ भट्टराई, एमालेका कृष्ण प्रधान, नविन पराजुली, एमाले ४ नम्बर वडा अध्यक्ष दुर्गाराम कार्की लगायतले स्वागत गर्नुभएको थियो ।

केहीदिन अघि मात्र उर्लाबारी – २ का सामाजिक ब्यक्तित्व कृष्ण दाहाल एमालेमा प्रबेश गर्नुभएको थियो । एमालेले आगामी चैतसम्म एमाले प्रबेश कार्यक्रमको अभियान नै चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्