कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन पथरीशनिश्चरे नगरवासीमा अनुरोध


पथरी शनिश्चरे, ३ माघ – मोरङको पथरी शनिश्चरे नगरस्थित कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ । कोरोनाको ओमिक्रोन भाइरसको संक्रमण बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयको निर्णय बमोजिम नै नगरको समितिले निर्णण गर्दै त्यसको पूर्ण पालना गर्न नगरवासीमा अनुरोध गर्न निर्णय गरिएको नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईले जनाउनु भयो ।

नगर प्रमुख राईको अध्यक्षताको बैठकले सार्वजनिकस्थल निस्किदा अनिवार्य मास्कको प्रयोग गर्ने, कम्तिमा डेढ मिटरको भौतिक दूरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्न नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ । साथै कुनै बैठक बस्नैपर्ने भए स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जनासम्मको मात्र सहभागिता गराउने, माघ १५ सम्म भौतिक उपस्थितीमा पठनपाठन नगर्ने, अत्यावस्यक वस्तुको कृत्रिम अभाव सिर्जना हुन नदिने सहितको जिल्ला प्रशासनको निर्णयलाई अनुसरण गर्ने समेत निर्णय भएको छ । आवश्यकता अनुरुप नगर अस्पतालमा कोरोना विरामीका लागि आइसोलेसन सञ्चालन पनि गरिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्