पथरी जेसीजद्वारा टुर्बोग होली मिलन सांगीतिक कार्यक्रम


पथरीशनिश्चरे, फागुन २३ । मोरङको पथरीशनिश्चरे- १ काे मन्दिर लाईनमा पथरी जेसिजको आयोजनामा टुबोर्ग होली मिलन सांगीतिक कार्यक्रम -०७९ सम्पन्न भएकाे छ।
आज मंगलबार पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सप्तरंगी रंगहरू लगाई दिएर होलीको उद्घाटन गरेका हुन्।
सप्तरंगी रंगहरूको लगाएर आपसी सद्भाव र एकताको सूत्रमा बाँध्ने विश्वास लिदै प्रमुख अतिथि नगर प्रमुख तुम्वापोले मुलुकको उन्नति- प्रगति र समृद्धिको बाटोमा अगाडि बढीरहन सकौं भन्ने शुभकामना व्यक्त गरे।

वर्ष ०२३का अध्यक्ष सुवर्ण खत्रीका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसी त्रय दिपेन्द्रराज तिमल्सिना, मान बहादुर दियाली, अशोक शंकर, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, समेतले सप्तरंगी रंगहरू लगाइ होली मनाएका थिए। सोहि अवसरमा नेपाली ताराबाट चम्किएका बरिष्ठ गायक तथा संगीतकार दिपक लिम्बुका साथैमा लाईभ कन्सर्ट समेत सम्पन्न भएको थियो।

गायक लिम्बुले आफूले गाएका आधा दर्जन बढी लोकप्रिय गीतहरु गाउँदै आयोजकहरू तथा दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
गायक लिम्बुले ” सिम्पल सिम्पल कान्छीको डिम्पल डिम्पल जस्ताेफ गाला, जसो गर जे भन , मैले तिमीलाई बुझ्न सकिन होला, जस्ता कर्णप्रिय गीतहरु गाएका थिए। सोहि क्रममा दर्शकहरू गायक लिम्बूकाे गीतमा- गीत मिलाउदै झुमेका थिए भने हाेली खेल्नेहरू निथुक्कै पसिनाले भिजेर नाँचिरहेका थिए।

साथै, सोहि अवसरमा स्थानीय कलाकारहरु हिमाल सेन्चुरी र समिर सेन्चुरीले पनि दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएको कार्यक्रमका संयोजक समेत रहेका जेसी सागर थापाले बताए। कार्यक्रम समापन पछि कार्यक्रम स्थलको वरिपरि पनि सरसफाई समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्