२३ वर्षिया आरती भट्टराई एमाले सुनसरीको जिल्ला सदस्यमा निर्वाचित


सुनसरी, २ माघ । नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षिया आरती भट्टराई निर्वाचित भएकी छिन् । विद्यार्थी संगठन अनेरास्वबियुमा सक्रिय भट्टराई एमाले सुनसरीको बराहक्षेत्र नगरपालिका भुगोलबाट निर्वाचित भएकी हुन् ।

उनी ९०२ मतका साथ निर्वाचित भईन् । बराहक्षेत्रबाटै नन्दकुमारी राई जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । भट्टराई अनेरास्वबियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्