सन्थाल जातीको सोहराय पर्वको अवसरमा सोमबार रतुवामाईमा विदा


रतुवामाई, २ माघ । मोरङको रतुवामाई नगरपालिकाले माघ ३ गते सोमबार स्थानीय विदा दिएको छ । सन्थाल जातीको महान् पर्व सोहरायको अवसरमा स्थानीय विदा दिईएको नगर प्रमुख रविन राईको सचिवालयले जनाएको छ ।

नगर कार्यपालिका, नगरपालिका अन्र्तगत रहेका सम्पुर्ण कार्यालय एवम् नगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा विदा दिईएको जारी सुचनामा उल्लेख छ । नगर प्रमुख राईले सोहराय पर्वको अवसरमा रतुवामाई नगरबासी लगायत सबैमा सुख शान्ति एवम् समृद्धिको शुभकामना ब्यक्त गर्नुभएको छ । सन्थाल जातीको पर्वको अवसरमा रतुवामाइ नगरपालिकाले प्रत्येक वर्ष विदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्