उर्लाबारीमा पनि मनाईयो कक्फेक्वा तङनाम


उर्लाबारी । मोरङको उर्लाबारी-३ स्थित मंगलबारेमा लिम्बु समुदायले मनाउदै आएको कक्फेक्वा तङनाम अर्थात येले तङवे पर्व मनाइएको छ ।
लिम्वु समुदायले हरेक वर्ष मकर संक्रान्ति अर्थात माघ १ गतेका दिन कक्फेक्वा तङनाम मनाउदै आएको छ ।

उर्लाबारी-३ स्थित तेनेवा माङथानमा भएको कार्यक्रममा येले तङवे ५०८२ अर्थात (नयाँ वर्ष ५०८२) मनाईको छ । तेनेवा माङथान समितिको आयोजनामा भएको कार्यक्रममा लिम्वु समुदायको रितिरिवाज लाई जर्गेना गर्ने उद्देश्यका साथ समुदायको पहिचान झल्कने जातिय भेषभुषा सहितको नाचगान प्रस्तुत गरिएको थियो

पूर्वीनेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायले आजको दिनलाई विषेश रुपमा मनाउदै आएका छन् । सो अवसरमा समितिले लिम्बू समुदायका ३ जना ज्येष्ठ नागरिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उर्लाबारी-३ की १ सय ३ वर्षिय बृद्ध रन बहादुर सोदेम्बा लिम्बु, ९१ वर्षिय पूणर् बहादुर नाल्बो, ८६ फिकरानी कक्युक लुम्फुङवा, उर्लाबारी-२ का फिकरानी चोङवाङ र उर्लाबारी-७ की धनमाया फागो रहेका छन् ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अथिति उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो र विशिष्ठ अथिति उप-प्रमुख लक्ष्मीदेवी भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अथिति फागोले नेपालमा वसोवास गर्ने सवै जातजाति र भाषाभाषी बोल्ने समुदायले मनाउने पर्वले राष्ट्रिय गौरव र अन्तराष्ट्रिय स्तरमा नेपालको पहिचान बढाएकोे बताए ।

साथै मेयर फागोले उर्लाबारी नगरपालिकामा बसोबास गर्ने सवै जातजातिको भाषा सस्कार र रितिरिवाजको जर्गेना गर्ने कुरामा स्थानिय सरकार सदैव सकरात्मक रहेको समेत बताए । आफुलाई प्रकृति पुजकका रुपमा मान्दै आएको लिम्वू समुदायले माघ १ गतेलाई येले तङवे ५०८२ अर्थात (नयाँ वर्ष) को सुरुवातमा चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछी वसन्त ऋतुकोे आगमन हुने संकेतका रुपमा लिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्