कानेपोखरी आइटिएफबाट राष्ट्रिय खेलमा सहभागी हुँदै इन्दिरा थापा


कानेपोखरी, १७ असोज । मोरङको कानेपोखरीमा २०७८ सालमा स्थापना भएर छोटो समयमै स्थापित हुन सफल कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङबाट एकमात्र खेलाडी इन्दिरा थापा राष्ट्रिय खेलमा छनोट भएकी छिन ।

(४५-५०) तौल समूह अन्तर्गतको आइटिएफ महिला खेलाडीको रुपमा प्रतिस्पर्धा गर्न थापा राष्ट्रिय खेलमा छनोट भएकी हुन ।

सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा
कानेपोखरीबाट आइटिएफ अन्तर्गत पहिलोपटक राष्ट्रिय खेलकुदको छनोटमा पर्न सफल इन्दिरा जिल्ला र प्रदेशमा प्रथम हुँदै यस प्रतियोगिताको यात्रासम्म आइपुगेको कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले बताए । उनने भने, ‘मोरङ जिल्लाबाट आइटिएफ खेलका लागि ७ जनाले सहभागीता जनाउदैँछ्न’ ।

यस प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ। यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ खेलहरु पनि समावेश रहेका छ्न ।

आइतबार कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङले आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रममा खेलाडी इन्दिरा थापालालाई सफलताको शुभकामना साथै छनोटमा पर्न सफल भएकोमा बधाई दिइएको थियो । कानेपोखरी आइटिएफ अध्यक्ष तथा प्रशिक्षक युवराज भुजेल, पालिका अध्यक्ष राजमती इङ्नाम, वडा अध्यक्ष खडग बस्नेत, युवानेता नवीन पौडेल, समाजसेवी एविन पाठक लगायतको उपस्थितिमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । साथै अन्य आइटीएफका प्रशिक्षार्थी/विद्यार्थीहरुलाई समेत दशैंको शुभकामना प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्