एनप्याब्सन कानेपोखरीको हाजिरीजवाफमा बालज्योती प्रथम, पिनाकल दोश्रो


कानेपोखरी, भदौ २९ (बुधबार) । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, (एनप्याब्सन) कानेपोखरी गाउँ समिति, मोरङले मंगलबार आयोजना गरेको अन्तर विद्यालय आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालज्योती एकेडेमी कानेपोखरी ३ ले १५५ अङ्क प्राप्त गरेर प्रथम भएको छ ।

त्यस्तै, पिनाकल ज्ञान मन्दिर कानेपोखरी ४ बयरवनले १५० अंक ल्याउँदै दोश्रो स्थान हात पार्दा तेश्रो स्थान १४० अंकका साथ जनसेवा नमुना मावि कानेपोखरी ६ रमाइलोले चुम्न सफल भएको छ । सामान्य ज्ञानका विभिन्न विद्यामा रहेर सञ्चालन भएको प्रश्नोतर कार्यक्रममा प्रथम, दोश्रो र तृतीय हुने विद्यालयले आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रथम हुनेलाई पालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारीले, दोश्रो हुनेलाई पालिका शिक्षा प्रमुख बेगबहादुर काफ्ले र तृतीय हुनेलाई एनप्याब्सन प्रदेश उपाध्यक्ष सुनिलदत्त अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

कानेपोखरीका सामुदायिक र संस्थागत गरि १८ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा पालिका अध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, एनप्याब्सन प्रदेश उपाध्यक्ष सुनिलदत्त अधिकारी, शिक्षा प्रमुख बेगबहादुर काफ्ले, एनप्याब्सन कानेपोखरी अध्यक्ष राजेश कार्की, सचिव महेन्द्र बोहोरा, सहभागी विद्यालयका शिक्षक, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम कानेपोखरी ६ रमाइलो स्थित जनएकता साकोसको भवनमा सम्पन्न भएको थियो । कानेपोखरी एनप्याब्सनमा ९ वटा संस्थागत विद्यालयहरु आबद्ध रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्