रतुवामाईमा आँखा तथा कानको उपचार सेवा सुरु


रतुवामाई, १६ पुस । मोरङको रतुवामाई नगरपालिकास्थित रतुवामाई नगर अस्पताल झुर्किया परिसरमा आँखा तथा कानको उपचार सेवा आजबाट संचालनमा आएको छ ।

रतुवामाई नगरपालिका र विराटनगर आँखा अस्पतालको संयुक्त व्यवस्थापनमा सो सेवाको सुरवात गरिएको हो । उक्त सेवाको आज रतुवमाई नगरपालिकाका नगर प्रमुख रविन राईले शुभारम्भ गर्नुभएको थियो ।

उहाँले आम नगरवासीको आँखा तथा कानको उपचार सेवा आफ्नै नगरमा सेवा प्रदान गर्न सकियोस भन्ने हेतुले सेवा संचालनमा ल्याईएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्