प्रेस चौतारी झापाको ९ औँ जिल्ला अधिबेशन आज हुँदै


झापा, १९ पुस । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपाल झापा शाखाको ९ औँ जिल्ला अधिबेशन आज हुँदैछ । गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा हुने अधिबेशनको उद्घाटन नेकपा एमालेका उपमहासचिव एवम् पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।

अधिबेशनका लागि प्रमुख अतिथी गुरुङसहित चौतारीका केन्द्रीय नेता हिजै झापा आईसक्नु भएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे लगायतको पनि जिल्ला अधिबेशनको आतिथ्यता रहनेछ ।

अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्दैछ । अध्यक्षका लागि मनकुमार गदाल, युवराज विवश लगायतको चर्चा रहेको छ । सर्वसम्मतिमै नेतृत्व चयनको प्रयास गरिने चौतारी झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्