साैर्य एयरलायन्सका विराटनगर स्टेशन म्यानेजर पाैडेल पक्राउ


विराटनगर । साैर्य एयरलायन्सका विराटनगरका स्टेसन म्यानेजर प्रकाश पाैडेललाई जिल्ला प्रहरी कार्यालय माेरङले शनिवार साँझ पक्राउ गरेकाे छ ।

साैर्य एयरलायन्सकाे १ : ३० बजेकाे फ्लाइटमा सुरक्षा जाँच नै नगराई पठाएकाे पाेकामा काठमाडाैं विमानस्थलबाट ५० लाख नगद बरामद भएपछि पाैडेललाई नियन्त्रणमा लिएकाे प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

उहाँका अनुसार विराटनगर १० घर भएका पाैडेलले सुरक्षा जाँच नै नगराई पाेका विमानमा हालेकाे शंका लागेपछि प्रहरीले साेधखाेज गर्दा गर्दैमा विमान उडेपछि काठमाडाैंमा खबर गरेर चेकजाँच गर्न लगाउँदा रकम बरामद भएकाे हाे ।

उक्त रकम कम्पनीकाे वा अबैध भएकाे बारे अनुसन्धानबाट खुल्ने माेरङ प्रहरी प्रमुख जिसीले बताउनुभयो । साैर्य एयरलायन्सकाे काठमाडाैं-विराटनगर दुई वटा उडान हुँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्