जनार्दन मैनाली पुरस्कार उर्लाबारीका अग्रज पत्रकार भट्टराईलाई


उर्लाबारी, १६ पुस प्रेस चौतारी मोरङले वर्षेनि प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार यस पटक उर्लाबारीका अग्रज पत्रकार जगन्नाथ भट्टराईलाई प्रदान गरिने भएको छ । चौतारीको आज बेलबारीमा बसेको बैठकले पूर्वज्योति साप्ताहिकका सम्पादक भट्टराईलाई १५ हजार राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२०५० सालदेखि पत्रकारितामा आवद्ध भट्टराई प्रेस चौतारी प्रदेश १ का कार्यसमिति सदस्य हुन् । सञ्चार क्लब नेपाल उर्लाबारीको पूर्वअध्यक्ष, पत्रकार महासंघ मोरङको पूर्व कार्यसमिति सदस्य, नेपाल सम्पादक प्रकाशक संघ मोरङको संस्थापक रहिसकेका भट्टराईलाई आगामी पुस २९ गते हुने प्रेस चौतारी मोरङको जिल्ला अधिवेशनमा पुरस्कार प्रदान गरिने भएको हो ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाएको छ । यस्तै, नेकपा एमाले मोरङको आगामी साता हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । डिल्ली पोखरेल, सुदिप कोइराला, नरेन्द्र दाहाल, दिनेश सुब्बा र ज्योति चौहानलाई जिल्ला अधिवेशन प्रतिनिधि छानिएको हो । चौतारीका जिल्ला संयोजक सुदिप कोइरालाको अध्यक्षतामा बसेको बैठकमा बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाका पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्