बाल क्लब गठनका लागि राजघाट आधारभूतमा निर्वाचन


उर्लाबारी । राजघाट आधारभूत विद्यालय उर्लाबारी ९ मा आज शुक्रबार बाल क्लब गठनका लागि निर्वाचन भएको छ ।

विद्यार्थीहरुमा निर्वाचनको अभ्यास र ज्ञानका लागि मतदान गरिएको शिक्षक कल्पना दाहालले जानकारी दिनुभयो । निर्वाचनमा ५४ जना बिद्यार्थीले मतदान गरेका थिए । ५४ मत नै सदर भएको थियो । क्लबको अध्यक्ष, सचिब, कोषाध्यक्ष र सदस्य पदमा निर्वाचन भएको थियो । बाल क्लबको अध्यक्षमा शिव मडी र सचिवमा कृष्ण रानामगर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्