रोट्रर्याक्ट क्लबद्धारा सेनेटरी प्याड निर्माण तालिम प्रदान



उर्लाबारी । रोट्रर्याक्ट क्लब अफ उर्लाबारीले विश्व महिनावारी दिवशको अबसरमा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरेको छ । उर्लाबारी वडा नं ६ को सभाहलमा वडा अध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यतामा वडा नं. ६ को स्कुल तथा बाल क्लबका प्रतिनिधिहरुलाई सेनेटरी प्याडको तालिम संचालन गरेको थियो । विश्व महिनावारी दिवशको अवसरमा विद्यार्थीहरुलाई रिनुवल सेनिटेरी प्याड बनाउन सिकाएको हो ।

बढ्दो सेनेटरी प्याड खर्चलाई बचत गर्ने तथा वातावरणलाई टेवा पुराउने उदेश्यले पुन प्रयोग गर्ने मिल्ले कपडाको प्याड निर्माण गर्न तालिम दिईएको हो । ७० जनाको उपस्थितीमा भएको कार्यक्रममा प्रमुख अतिथि डेल र विशिष्ट अतिथि रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष विनोद न्यौपानेले समाजमा गरिने सामाजिक कार्यमा रोट्रर्याक्ट क्लब अफ उर्लाबारीले सधै धेरै राम्रो उपलब्धी गदै आएको भन्दै प्रवडा र रोटरीसग मिलेर सामाजिक कार्य लाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यकम्रमा रोट्रर्याक क्लब अफ उर्लाबारीका अध्यक्ष सुनिल सुबेदीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्