केचना प्याराडाइजले मनायो आफ्नो १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस


कानेपोखरी, चैत्र १८ । केचना प्याराडाइज अंग्रेजी स्कुलले आफ्नो १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । मोरङको पथरी शनिश्चरे ६ मा रहेको यस विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि सो दिवस शनिवार मनाएको हो ।

वि.सं. २०६३ सालमा स्थापना भइ कक्षा नर्सरीदेखि ७ सम्म अध्ययन अध्यापन गराउँदै आइरहेको यस विद्यालयले स्थानीय स्तरको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान कायम गरेको छ । विद्यालयको संस्थापक सर्वलाल राईको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरुले स्वागत मन्तव्य राखेका थिए । स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक तथा हाँस्य नृत्य, पहिचानसँग जोडिएका प्रस्तुतिहरु, गायन साथै अतिथि कलाकारहरुको प्रस्तुतिले दिनभर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राईले आफ्नो कुरा राख्दैँ यस विद्यालयले स्थानीय स्तरको शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे । ‘विद्यार्थी र अविभावकको रुचि, परिवर्तित समयको मागअनुसारको बदलिँदो समयसँगै वैज्ञानिक र व्यवहारिक शिक्षालाई यस विद्यालयले अबलम्वन गर्दै गएको र अझ प्रतिबद्ध भएर लाग्न अनुरोध छ, उनले भने।’

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक सर्वलाल राईले एउटा विद्यालय सफल हुन शिक्षकको मात्र भुमिका नभएर विद्यार्थी, अभिभावक र समुदायकै भुमिका महत्त्वपूर्ण हुने बताए । शिक्षकले विद्यार्थीको शैक्षिक मात्र नभएर सर्वाङ्गिण विकासमा सधैं लागिपर्ने कुरा राख्दैँ समयको माग अनुसार शिक्षालाई अघि बढाउने कुरामा विश्वत रहन सम्पूर्ण अभिभावकहरुमा अनुरोध गरे ।

सो कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी, वडाअध्यक्षहरु, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।हाल यस विद्यालयमा २०० बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन । कार्यक्रमको सञ्चालन प्रिन्सिपल सारदा समालले गरेकि थिइन ।

 

प्रतिक्रिया दिनुहोस्