उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा विनोद न्यौपानेको चर्चा


उर्लाबारी – आगामी भदौमा हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा उर्लाबारीका व्यवसायी विनोद न्यौपानेको नाम चर्चामा आउन थालेको छ ।

साना र ठुला दुवै व्यपारीमाझ लोकप्रिय मानिएका न्यौपानेको नाम वाणिज्य संघको अध्यक्षमा चर्चामा आएसँगै उनले जित्ने प्रशस्त आधारहरु रहेको व्यपारीहरु नै बताउछन् ।

उर्लाबारीमा विनोद न्यौपाने नाम व्यपारीक क्षेत्रमा मात्र नभई शैक्षिक, धार्मीक, खेलकुद एवम् सामाजिक क्षेत्रमा समेत चर्चित नाम हो ।

को हुन विनोद न्यौपाने र किन उनको उम्मेद्वारी?
वि.सं. २०३३ सालमा दमक वडा नम्बर १० सानो बाह्रघरेमा जन्म भई वि.सं. २०५८ सालमा व्यपार गर्ने शिलशिलामा उर्लाबारीमा बसाइँ सरेर आएका न्यौपाने निरन्तर व्यपार क्षेत्रमा लागि परिरहेका छन् । उर्लाबारी वडा नम्बर ५ उर्लाबारी चोकमा महालक्ष्मी मेशीनरी कन्सर्न संचालन गरि हाल स्कुल डाँडा गुम्बा चोकमा महालक्ष्मी ईन्टरप्राईजेज समेत संचालन गर्दै आएका न्यौपानेले वि.सं.२०५९ सालमा उर्लाबारी उद्योग वाणिज्य संघको सदस्यता लिएका थिए ।

सदस्यता लिएदेखी नै उनी उर्लाबारीको व्यपारीक गतिविधी चलायमान बनाउन र व्यपार स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । विभिन्न समयमा उर्लाबारी उवासको विभिन्न पदमा निर्वाचित भई कार्यअनुभव लिदै आएका न्यौपाने हाल कानुनी सल्लाहकार समेत हुन् ।

पहिलो पटक उनी वि.सं.२०६६-०६८ मा उर्लाबारी उवासको कार्यसमिती सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै उनी उर्लाबारीको समग्र व्यपार वृद्धि गराउने र नयाँ व्यपारीक पसल तथा फर्महरु स्थापित गराई उर्लाबारीको व्यपार चलायमान गराउनेमा लागिपरे । यस्तै उनी वि.सं.२०६८-०७० मा महासचिव, वि.सं.२०७५-०७८ मा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । साथै वि.सं‍‍.२०७०-०७५ मा उवासको कुनै पनि पदमा नबसी संघबाहिर रहेर समेत व्यवसायीहरुको हकहितको पक्षमा बोल्दै आफुलाई व्यवसायीक अभियान्ताको रुपमा समेत चिनाउन सफल भएका थिए ।

संघका अलवा उनी अन्य सामाजिक संघसंस्थामा समेत उत्तिकै आवद्ध भएर सामाजिक गतिविधीमा समेत प्रत्यक्ष रुपमा संलग्न रहदै आएका छन् । सन् २०१५ मा उर्लाबारी जेसीजको अध्यक्ष भएर जेसीजलाई चलायमान बनाउदै आएका न्यौपानेले आफ्नो कार्यकालमा महत्वपुर्ण योगदान पुर्याएका थिए । उनले आफ्नो कार्यकालमा उर्लाबारी जेसीजको भवन निर्माण गर्दाको सम्पुर्ण ऋण चुक्ता गराएर केहि रकम समेत संस्थाको खातामा बचत गराउन सफल बनेका थिए । यस्तै उनी सन् २०२३-०२४ मा रोटरी क्लब अफ उर्लाबारीको अध्यक्ष भई कार्यरत रहेका छन् ।

यसका अलवा उनी शिक्षा क्षेत्रमा समेत उतिकै सकृय रहदै आएका छन् । समाजमा नया छाप छोड्नको लागि वि.सं.२०६७ सालमा आफ्नो जिवितै मातापिताको नाममा एक छात्रवृत्ती कोष स्थापना गरेर उनले दर्जनौँ विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गराउदै आएका छन् । उनले ‘खगेन्द्र पद्यरत्न छात्रवृत्ती कोष’ स्थापना गरेर वार्षिक रुपमा करिव ५० हजार बराबरको छात्रवृत्ती वितरण गर्दै आएका छन् ।

यसका साथै विभिन्न धार्मीक, सामाजिक, स्वास्थ्य, खेलकुदलगायतका अन्य क्षेत्रमा समेत आर्थिक र भौतिक दुवै रुपमा सहयोग उपलब्ध गराउदै आएका न्यौपानेको नाम यसपटक उवासको अध्यक्षमा चर्चामा आउदा व्यपारीहरु ‘यसपटक केहि नयाँ हुने’ भन्दै आशावादी बनेको बताउछन् । उर्लाबारी वडा नम्बर ७ मा एक खुद्रा पसल संचालन गर्दै आएका व्यपारी भन्छन् , ” उहाँ उदार स्वभावका इमानदार र सहयोगी मनको एकदमै धनी हुनुहुन्छ । उहाँको नाम अहिले अध्यक्षमा चर्चामा आउन थालेकोमा यसपटक आशाको नया किरण जागेको छ । ”

यसैबिच दैनिक रुपमा व्यपारीहरुसँग भेटघाट, छलफल र समन्वय गर्दै आएका न्यौपाने भन्छन्, ” व्यवसायी साथीहरु सकारात्मक हुनुहुन्छ, यसपटक अवसर दिनुभयो भने विभिन्न कार्ययोजनाका साथ उवासको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्नेछु ।”

व्यवसायीहरुको हक हितको लागि कटिवद्ध भई लागि पर्दै आएका न्यौपाने संघको विपद् कोषलाई वृद्धि गराउने र संघको अधुरा कामहरु पुरा गर्ने मुख्य एजेण्डाका साथ अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताउछन् । यस्तै उनले व्यपारीहरुलाई संघमा आवद्ध गराई उनीहरुको सुखदु:खमा साथ दिने र संघलाई आधुनिक प्रविधिमैत्री बनाउने अभियानमा लाग्ने बताउदै अध्यक्षमा आफ्नो सशक्त दावेदारी प्रस्तुत गर्ने जानकारी दिएका छन् ।

उवासको विभिन्न पदहरुमा रहदा व्यपारीको हक अधिकार सुनसश्चित गर्न अहोरात्र खटिदै आएका न्यौपानेको अध्यक्षमा नाम चर्चामा आएसँगै उनले सहजै जित्न सक्ने विभिन्न आकलन गर्न थालिएको छ ।

१ हजार ७ सय ४ जना सकृय सदस्य रहेको उर्लाबारी उद्योग वाणिज्य संघको चुनावी साधारण सभा आगामी भदौ पहिलो साता हुनसक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्