मुनाल र शान्तिटोलमा डेंगुसम्बन्धी सचेतना र सरसफाई


उर्लाबारी – डेंगु रोगको प्रकोप नियन्त्रण गर्न तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ उर्लाबारी नगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

वडाध्यक्ष उर्मिला थापाको अगुवाईमा स्थानीयवासीको उल्लेख्य सहभागितामा उर्लाबारी ७ को मुनाल टोल र शान्ति टोलमा सरसफाई गरिएको थियो । डेंगु रोगबाट बच्नको लागि पुरानो खाली टायर, डब्बा, सफापानी जम्ने खाडल, फूलदानीहरुमा भएको सफा पानीमा विशेष ध्यान दिनु पर्ने र प्रायः वेलुकीको समयमा फुल सर्टहरु, पाइन्टहरु लगाउनु पर्ने र लामखुट्टे फैलने ठाउँ पहिचान गर्ने, लार्भा खोजेर नष्ट गर्ने अभियान संचालन गर्न घरघरमा पुगी सहजीकरण गरिएको थियो ।

डेंगु रोगको प्रकोपले महामारीकै रुप लिन सक्ने भन्दै पुर्व तयारीस्वरुप जिम्मेवारी बोध गरी सचेतना कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष थापाले बताउनुभयो । नगरपालिका कार्यपालिका सदस्य मनमाया तामाङले प्रकोपबाट जनसमुदायलाई जोगाउन सहयोग गर्ने सामाजिक उतरदायित्व अनुसार कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्