अग्रज पत्रकारबाट भुपेन्द्रराज तिम्सिना सम्मानित हुँदा सक्रिय पत्रकारबाट भुमिप्रसाद र मिडियामा पहिलो अनलाईन पुरस्कृत 


पथरी शनिश्चरे, असार २१, शुक्रवार । मोरङ, पथरी शनिश्चरे नगरपालिकाद्वारा आयोजित ‘सञ्चारकर्मी प्रवर्द्धन तथा प्रोत्साहन कार्यक्रम’ बाट अग्रज पत्रकार/सञ्चारकर्मी सम्मानबाट अग्रज पत्रकार भुपेन्द्रराज तिम्सिना सम्मानित भएका छन । पत्रकार तिम्सिनाकै मुहारभित्र (मुहारको पेन्टिङ नक्सा), सम्मानपत्र र दोसल्ला ओढाएर नगरप्रमुख मोहनप्रसाद तुम्बापो, वडा अध्यक्षहरु नवीन कार्की, भिम राई लगायतले नगरको अग्रज पत्रकार सम्मान दिएका हुन ।

पत्रकार तिम्सिना वि.सं. २०५२ सालदेखि पथरी शनिश्चरेलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहेका छन ।

त्यसैगरी, सक्रिय पत्रकारिता पुरस्कारबाट भुमिप्रसाद पाठक पुरस्कृत हुँदा सञ्चारमाध्यम पुरस्कार ‘पहिलो अनलाइन’ डटकमले प्राप्त गरेको छ । सम्मानित हुने तिम्सिना, पुरस्कृत हुने पाठक र पहिलो अनलाइनले सम्मान स्वरुप जनही २५, १५ र २५ हजार प्राप्त गरेको हो ।

नगरपालिकाले पथरी शनिश्चरे नगरलाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएका पत्रकारहरुलाई बार्षिक रुपमा लेखन वृति फेलोसिप प्रदान गर्दै आएको छ । यो बर्ष पनि पथरी शनिश्चरेलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका १२ जना पत्रकारहरु दिनेश सुब्बा, मोहन भट्टराई, केशव निरौला, विजय खम्बु, फिपराज बेघा, अर्जुन काफ्ले, भुमिप्रसाद पाठक, भिमराज अधिकारी, विबेक न्यौपाने, छवि ढकाल, इश्वर दुलाल र प्रेम केडि भट्टराईलाई लेखनवृत्ती दिएको नगरपालिकाको सूचना संयोजक सन्तोष राईले बताए । सो लेखनवृत्तीको छाटकाट तथा सुझाव सहजीकरणको जिम्मेवारी पत्रकार अर्जुन जम्नेली राईले गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहनप्रसाद तुम्बापोले पत्रकार समाजको तेश्रो आँखाको रुपमा सम्बोधन हुँदै गर्दा विषयवस्तुको सहि र गलतलाई छुट्याउन सक्नुपर्ने बताए । ‘हरेक क्षेत्रको गल्तीलाई निसकोच लेख्नुपर्छ जसबाट सम्बन्धितले सुधार गर्ने मौका पाँउछ सोपश्चात् मात्र पत्रकारिताले व्यवहारिकता प्राप्त गर्दछ । पत्रकारिताले मार्ग निर्देश गर्दछ, सबै नराम्रो मात्र र निराशावादी कुरा मात्र नगर्नुहोला’, उनले बताए ।

उनले भने, ‘जस्तो रोप्छौं त्यस्तै फल प्राप्त हुन्छ । सबै व्यक्ती सबैमा पोक्त हुँदैन र नगरका कमिकमजोरीहरुलाई समयक्रमसँगै सुव्यवस्थित गर्दैछौं  साथै नगरलाई राम्रो बनाउन हामि कोसिस गरिरहेको छौं पत्रकारबाट रचनात्मक सुझावहरुको आशा गर्दछौं ।

कार्यक्रमको प्रमुख अतिथ्यता नगर प्रमुख मोहनप्रसाद तुम्बापो रहेको थियो । सो कार्यक्रमको छनोट समिति संयोजकको रुपमा वडा नम्बर ८ का अध्यक्ष एवं नगर प्रवक्ता नवीन कार्की रहेका थिए । सदस्यहरुमा नेपाल पत्रकार महासंघको तर्फबाट दिनेश सुब्बा, नगर सूचना संयोजक सन्तोष राई र कार्यपालिका सदस्य मिना तामाङ रहेका थिए भने वडा नम्बरका १ का अध्यक्ष भिम राई लगायत नगरमा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्