इलाम क्षेत्र नम्बर-२ को मतगणना सुरू


इलाम-इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सदरमुकाम इलाम बजारस्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा भर्खरैबाट मतगणना सुरु गरिएको हो।

फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो। फाकफोकथुम सकेर चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी छ।

मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले मतगणना सुरु भएको जानकारी गराउँदै सकेसम्म आजै बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्नेगरी तयारी गरिएको बताउनुभयो।

इलाम-२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २८७ जना मतदाताले मतदान गरेका थिए। जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्।

इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन्। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्