तामाङ घेदुङ कानेपोखरीले मनायो सोनाम ल्होछार (तस्बिरहरु)


राजकुमारी तामाङ
कानेपोखरी, माघ २७ । नेपाल तामाङ घेदुङ कानेपोखरीले २८६० सोनाम ल्होछार (डुक ल्हो) विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

रिन्छिन टाँसी छ्योलिङ बौद्ध गुम्बा कानेपोखरी ४ हात्तीडुब्बामा सो कार्यक्रम भव्यताका साथ मनाइएको हो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा मौलिक ड्म्फु गितमा नाच्दैँ-गाउँदै उद्घाटन भएको थियो ।
सो कार्यक्रममा बोल्दैँ पालिका अध्यक्ष इङ्नामले कानेपोखरी आदिवासी जनजातिको थलो रहेको र यहाँ आदिमकाल देखि भुमी पुजा गर्दै आइरहेको बताइन् । उनले भनिन, ‘पालिकाले आदिवासिका भाषा र लिपिका लागि बजेट विनियोजन गरेको भएपनि कोहि यसको लाभका लागि नआउनुभएको र यस तर्फ पनि ध्यान दिन आग्रह गर्दछु’ ।

सो कार्यक्रमको अध्यक्षता घेदुङ अध्यक्ष टेकबहादुर गोम्देनले गरेका थिए यस्तै विशिष्ट अतिथिका रुपमा वडा अध्यक्ष रमेश राउत अतिथिमा वडा सदस्य साउनी माझी, अविन्द्र घिसिङ, जिल्ला घेदुङका तर्फबाट मित्रसेन योन्जन, आदिवासी जनजाती कानेपोखरी अध्यक्ष भोजवीर माझी, धिमाल जाती विकास केन्द्रका पालिका अध्यक्ष राजकुमार धिमाल, युवा समाजसेवी सुशील राई, जग्गादाता बिन्दु माया योन्जन लगायत अतिथी रहेका थिए भने कार्यक्रम सन्चालन घेदुङ्का सचिव राम कुमार तामाङले गरेका थिए । कार्यक्रममा नाचगानको समेत आयोजना र सबैलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्